१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एफए कप फुटबलः टोटेनहम पाँचौं चरणमा, वेलको लय सुरु



एजेन्सी ।

प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४ -१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।

वान्डरसको मैदानमा एक गोलले पछि परेपनि टोटेनहमले पुनरागमन जित निकालेको हो ।खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए ।तर, खेलको ४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।खेलको ८७ औं मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४(१ को सहज जित दिलाए ।अब टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ७ : १९ बजे