८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रीलंकाविरुद्धको टेस्ट सिरिज इंग्ल्यान्डको पोल्टामा



एजेन्सी । घरेलु टिम श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट सिरिज इंग्ल्यान्डले जितेको छ ।गालेमा दोस्रो तथा अन्तिम टेस्टमा सोमबार श्रीलंकालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २(० ले जितेको हो ।

श्रीलंकाले दिएको १ सय ६४ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाएर पुरा गर्यो ।इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डम सिब्लीले अविजित रहदै ५६ रन बनाए । जस बटलरले अविजित ४६ रन बनाए ।

श्रीलंकाका लसिथ इमबुल्डेनियाले ३ विकेट लिए ।यस अघि श्रीलंका दोस्रो इनिङ्समा १ सय २६ रन जोड्दा अलआउट भएको थियो ।उसका लसिथ इमबुल्डेनियाले सर्वाधिक ४० रन जोडे ।इंग्ल्यान्डका डम बेस र ज्याक लिचले ४र४ विकेट लिए ।

यस अघि एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलंकाले सबै विकेट गुमाएर ३ सय ८१ रन जोडेको थियो ।म्याथ्युजले १ सय १० रनको योगदान दिए ।

यस्तै निरोशन डिकवेलाले ९२ रन जोड्दा दिलरुवान परेराले ६७ रन जोडे ।यस्तै दिनेश चन्डिमलले ५२ रन बनाए । लहिरु थिरेमने ४३ रनमा आउट भए ।

इंग्ल्यान्डका जेम्स एन्डरले ६ विकेट लिए । मार्क उडको नाममा ३ विकेट रह्यो ।पहिलो इनिङ्समा इंग्ल्यान्ड ३ सय ४४ रन जोड्दा अलआउट भएको थियो ।

इंग्ल्यान्डका जोए रुटले १ सय ८६ रनको शतकीय इनिङ्स खेले । जस बटलरले ५५ रनको योगदान दिए ।यस्तै जोनी बियरस्टो २८ रनमा आउट हुँदा डम बेसले ३२ रन बनाए ।श्रीलंकाका लसिथ इमबुल्डेनियाले ७ लिए ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ७ : २१ बजे