१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चेल्सीले प्रशिक्षक लाम्पार्ड बर्खास्त गर्यो



एजेन्सी ।

प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ ।चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो ।इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड १८ महिनापछि नै बर्खास्तमा परेका हुन् ।

क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो ।यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ ।चेल्सीले गत वर्षको असारमा लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।४२ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीको बसाई बिट मार्दै लण्डन क्लब आएका थिए ।लाम्पार्डले खेलाडी जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए ।

लाम्पार्डले ६ सय ४८ पटक क्लबबाट खेलेका थिए । उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ७ : २३ बजे