२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा



काठमाडौँ ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।

पार्टी केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।

नेता केसीले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने बताए । ‘अहिले हाम्रो आन्दोलनको मुख्य उद्देश्य नै संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा छ,’ केसीले भने, ‘त्यसका लागि कांग्रेसले आन्दोलन छाड्न हुन्‍न ।’

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिइएको जानकारी दिए । मंगलबार नै बसेको पदाधिकारी बैठकले तयार प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ५ : २९ बजे