१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भट्टराई बने कपिलवस्तु जेसिजको अध्यक्ष



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु जेसिज बर्ष ०२१ को अध्यक्षमा भीमकान्त भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । कपिलवस्तु जेसिजको २१ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन हुनुभएको हो ।

मंगलबार भएको अधिवेशनले भट्टराईको अध्यक्षतामा विभिन्न पदाधिकारी निर्वाचित गरेको छ । जसको कार्यकारिणी उपाध्यक्षमा प्रविण पौडेल र शुसील खत्री चयन हुनुभएको छ ।

यस्तै उपाध्यक्षमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल र मिन बहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त तथा कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष पोष्टराज गौतमले जानकारी दिनुभयो ।

बाँकी पद निर्वाचित पदाधिकारीले विधान अनुसार मनोनित गर्ने प्रावधान रहेको छ । साधारण सभा तथा अधिवेशन सफल पार्न सहयोग गरेकोमा निबर्तमान अध्यक्ष मनोज कुमार खत्रीले सबैलाई धन्यवाद दिनुभएको छ ।

सन २००० मा स्थापना भएको कपिलवस्तु जेसिजले जिल्लाको वाणगंगा क्षेत्रमा विभिन्न सामाजिक काम गर्दै आएको छ । ४० बर्ष मुनिका उमेर समूहको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाका रुपमा परिचित जेसिजमा हरेक बर्ष नयाँ नेतृत्व चयन हुँदै आएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ९ : २९ बजे