१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पीएम कप विजेतालाई १० लाख पुरस्कार



काठमाडौं ।
प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । सेमिफाइनल पुग्ने दुई टिमले भने ५०–५० हजार रुपैयाँ पाउनेछन् । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  १० : १८ बजे