१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर नष्ट



सुर्खेत ।

जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार बेलुका आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।

सहायक प्रजिअ चौलागाइका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ । ‘हामीलाई अहिलेसम्म ३० घर जलेको खबर आएको छ,’ सहायक प्रजिअ चौलागाइले भने, ‘आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।’ उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ । मानवीय क्षति भएरनभएको एकीन छैन ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ७ : १४ बजे