१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चिसाको कहरः वाणगंगाका विद्यालय २ दिन बन्द



मायादेवी अनलाइन, जितपुर ।

अत्यधिक चिसोका कारण वाणगंगाका विद्यालय २ दिन बन्द गरिने भएको छ । बाणगङ्गा नगरपालिका नगर शिक्षा समितीको बुधबार वसेको वैठकले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय २ दिन यहि माघ १५ र १६ गते बन्द गर्ने निणर्य गरेको हो ।

केहि दिन यता बढेको अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

पुस अन्तिम हप्ता देखि लगातारको चिसोले जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ११ : ४० बजे