७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तराईमा बाक्लो हुस्सु, अरु क्षेत्रको मौसम सफा



काठमाडौँ ।
पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने देखिएको हो ।

हाल तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच तराईका भू–भागहरुमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ८ : १३ बजे