७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रचण्ड-नेपाल तीन महिनामा नागरिक समाज हुन्छन्ः प्रधानमन्त्री ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताएका छन्। प्रचण्ड र नेपालले पार्टी चलाउन नसक्ने उनको टिप्पणी छ।

आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एक जना साथी त अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ अरू अझै गएका रहेनछन्। प्रचण्ड-नेपालहरूको पनि बाटो त्यही हो।’ प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल तीन महिनामा नागरिक समाज हुने पनि ओलीको दाबी छ।
‘उनीहरू पनि त्यहीँ पुग्छन्। पार्टी सिध्यो। तीन महिना लाग्छ। तीन महिनामा यिनीहरू पनि नागरिक समाज हुन्छन्।’

प्रचण्ड नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गरेका छन्।
उनले अस्थिरता रोकेको पनि बताए। अबको चुनावबाट देशभक्तिलाई जनताले जिताउने उनको दाबी थियो। चुनावमा जान प्रचण्ड-नेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ४ : ३० बजे