काठमाण्डौँ ।
कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राख्ने निर्णय गरेको हो ।
अब कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ।
‘कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ’, शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो निर्णयसँगै गणित विषयको विवाद सकिएको छ ।’
यसअघि नयाँ पाठ्यक्रममा गणित विषयलाई चौथो समूहमा राखिएको थियो । ऐच्छिकमा राखिएकाले विद्यार्थीले चाहेमा मात्र पढ्न पाउने थिए ।
पाठ्यक्रमको विषयलाई लिएर सर्वोच्चमा रिटसमेत परेको थियो । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्न र गणित विषयको विवाद समाधान गर्न निर्देशनात्मक आदेश दिएको थियो । अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।







प्रतिक्रिया