२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेता आचार्य भन्छन्ः प्रधानमन्त्रीका उत्तराधिकारी टोले गुण्डा जस्ता भए



विराटनगर ।

नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् ।

विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार ढालेरै छाड्ने दाबी गरे ।

आधिकारिकता आफूहरूले पाएपछि मुख्यमन्त्री शेरधन राईको भविष्य समाप्त हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीका उत्तराधिकारीले टोले गुण्डाको जस्तो गर्न खोजेकाले प्रतिकार गर्नुपरेको उनको धारणा थियो ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ४ : ०६ बजे