२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

२४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार नौ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार तीन सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म दुई हजार २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा दुई हजार पाँच सय ९४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ५ : २९ बजे