५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

दुई लाखबढी रकमसहित घोराहीबाट ७ जुवाडे पक्राउ



दाङ ।
दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए। पक्राउ पर्नेमा घोराही ९ का ३८ वर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ वर्षीय होमबहादुर केसी, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १६ का ३३ वर्षीय धिरण शाह, घोराही १३ का २० वर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ वर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विजय गाहा मगर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

पक्राउ परेकाविरूद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाएर कारबाही गरिने प्रवक्ता रिजालले बताए। तेघरा गाउँमा लामो समयदेखि जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी गएराति छापा हानेर उनीहरूलाई पक्राउ गरेको रिजालले बताए।

प्रकाशित मिति : २३ माघ २०७७ शुक्रबार ००:००  २ : ४० बजे