२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

घोराहीमा एक युवकको शव फेला



दाङ ।
घोराहीको जंगलभित्रको तलाउमा एक युवकको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित थारुबास भन्ने ठाउँमा तलाउमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

वनमा गएका स्थानीय चौधरी महिलाहरूले दुई दिन अगाडि जंगलको बीचको तलाउमा शव देखेपछि परिवारका सदस्यलाई खबर गरेपछि घटनाबारे प्रहरीले आइतबार बेलुका अबेरमात्रै थाहा पाएको डिएसपी रिजालले बताए।

‘वडाध्यज्यूले प्रहरीलाई आइतबार बेलुका अबेरमात्रै खबर गर्नु भयो र बिहानै घटनास्थलतर्फ प्रहरी पठाइसकेका छौं,’ न्यौपानेले भने, ‘तर घटनास्थलमा फोन सम्पर्क नहुने हुँदा थप जानकारी प्राप्त हुन सकेको छैन।’ घटनास्थल धर्ना गाउँबाट झन्डै ३ घन्टाभित्रको पैदल दूरीमा रहेको हुँदा केहीबेरमै प्रहरी आइपुग्ने र त्यसपछि शव कस्को हो भनेर भन्न सकिने डिएसपी न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २६ माघ २०७७ सोमबार ००:००  १२ : ४८ बजे