८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

फागुन १२ गतेदेखि डा केसी अनसन बस्ने



काठमाडौं ।

डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्। बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।
उनले अवैधानिक रूपमा गरेको प्रतिनिधि सभाको विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्, अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने माग राखेका छन्।
त्यसैगरी, चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस् भन्नेसमेत माग राख्दै अनसन बस्न लागेका हुन्।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  २ : ०० बजे