२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

निर्वाचन आचारसंहिता सम्बन्धी आयोगको छलफल, प्रचण्ड समूह पनि सहभागी



काठमाडौँ ।
निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे अहिले दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ।

आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन् । यस्तै निर्वाचन आयोगका आयुक्तहरु, सचिवहरुसँगै कानुनविदहरु पनि छलफलमा सहभागी छन् ।

नेकपा आन्दोलनरत समूहले छलफलको सुरुवातमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेको छ। यो समूहको तर्फबाट नेता लीलामणि पोखरेल लगायत छलफलमा सामेल छन् । ओली समूहका तर्फबाट कानुनविद बाबुराम दाहाल लगायत सामेल छन् । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ।

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–माधव खेमा संसद पुनर्स्थापनाका लागि संघर्षमा छ। यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि असंवैधानिक नै हुने बताइरहेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  २ : ०५ बजे