१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

दाहाल-नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलन घोषणा



काठमाडौँ ।

नेकपाको दाहाल-नेपाल पक्षले सरकारबिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। दाहाल-नेपाल पक्षको मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यस पक्षले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु ल्याएको हो।

यस पक्षका आन्दोलन कमिटीका सहसंयोजक योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रमुख एजेन्डा लिएर आन्दोलनमा निरन्तर उत्रिएको बताए। उनले संवैधानिक नियुक्ति खारेज र काम चलाउ सरकारका निर्णयहरु पनि खारेज गर्ने एजेन्डा रहेको बताए।

त्यस्तै, संयोजक नारायणकाजी श्रेष्ठले धर्मको राजनीति गर्न नपाइने उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीलाई धर्मको राजनीति गर्न नदिइने बताए। फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ भने फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेता भट्टराईले जानकारी दिए।

फागुन ७ मा सबै वडामा विरोध गरिनेछ भने फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने जानकारी पनि भट्टराईले दिए।

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ३ : ३९ बजे