२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

आज कांग्रेसको देशव्यापी प्रदर्शन, देउवाले बुटवल र थापाले चितवनमा सम्बोधन गर्ने



काठमाण्डौँ ।

नेपाली कांग्रेसले आज देशका ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गर्न लागेको छ।

कांग्रेसले शीर्ष नेतालाई जिल्लाहरूमा खटाएको छ। सभापति शेरबहादुर देउवा बुटवलमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। देउवाले आइतबार अपिल जारी गर्दै घरघरबाट प्रदर्शनमा सहभागी हुन भनेका थिए।
आज ललितपुर लगनखेलमा हुने विरोध सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बोल्ने कार्यक्रम छ। केन्द्रीय सदस्य गगन थापा चितवनमा हुने कार्यक्रममा सहभागी हुँदैछन्।कांग्रेसले पुस ५ पछि सरकारका कदमविरूद्ध आन्दोलन गरिरहेको छ। तर शशक्त सडक आन्दोलन नगरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ।
सभापति देउवा भने प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्चमा विचाराधीन भएकोले निर्णय पर्खंने पक्षमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आवश्यक परेमा सडक आन्दोलनमा पार्टी जाने बताउने गरेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७७ सोमबार ००:००  ८ : ४० बजे