१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

परराष्ट्रमन्त्रीको जिकिरः भ्रष्टाचारको फाइल खोल्दा घेराबन्दी भयो



गुल्मी ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिलेको सरकारले ठुला‍-ठुला भ्रष्टाचारका फाइलहरू पल्टाएर काम कारबाही सुरु गरेपछि घेराबन्दी सुरु भएको बताएका छन् । सो कदमपछि केही नेताहरु त्रसित भएर सरकारविरुद्ध घेराबन्दी गर्न सुरु गरेको जिकिर उनले गरे ।

सोमवार नेकपा ओली पक्षले गुल्मी सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो जिकिर गरेका हुन् ।

ओली पक्षका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई घेराबन्दी गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए। सरकारले कालापानी लिम्पियाधुरासहित नेपाली भूमि सहितको नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा खरो उत्रेपछि नेताहरु घेराबन्दीमा उत्रिएको आरोप उनले लगाए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७ सोमबार ००:००  ९ : ४३ बजे