८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विश्वकै धनी भएको १ महिनामै एलनको खोसियो ताज, जेफ बने संसारका धनाढ्य



एजेन्सी ।द्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी (सीइओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर एक महिना पछि नै उनको उपाधि खोसिएको छ ।

एक महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढोत्तरीका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पार भएको थियो ।

तर एलन मस्क अब आफ्नै सेयरमा गिरावटका कारण उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएपछि दोस्रो स्थानमा आएका छन् ।

यसका साथै, अनलाइन सपिङ प्लेटफर्म ‘अमेजन’ का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बनेका छन् ।

ब्लूमबर्ग बिलियनेस इन्डेक्सको पछिल्लो डाटा अनुसार जेफ बेजोस १८६ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा फर्किएका छन् । साथै, जेफ बेजोस १८३ बिलियन डलरसहित दोस्रो स्थानमा र माइक्रोसफ्टका संस्थापक बिल गेट्स १३५ बिलियन डलरसहित तेस्रो स्थानमा छन् ।

जानकारका अनुसार हालका दिनमा बिटक्वाइनमा आएको गिरावटले समिकरण परिवर्तन गरिदिएको छ । यसै गिरावटका कारण टेस्लाका लगानीकर्ताले आफ्नो सेयर बेच्नु परेको मान्यता राखिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  १० : ०१ बजे