८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ओली समुह भन्छः सर्वोच्चको आदेश बमोजिम संसद अधिवेशन आह्वान हुन्छ र सामना गछौँ



काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद बैठक आह्वान हुने र त्यसको सामना गर्ने उनले बताए ।

बैठकको निर्णय सुनाउँदै ज्ञवालीले उनले भने, ‘अदालतको फैसलालाई कार्यान्वयन गर्ने, त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढ्छौँ। संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ। अदालतले दिएको समयसीमा भित्र।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  २ : ४३ बजे