१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अचम्मरी १२३ पटक दुबै हात खुट्टा चलाएर दाङका ऋषिश्वरले बनाए विश्व रेकर्ड




काठमाण्डौँ ।
दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गरेका छन्। ‘मस्ट जम्पिङ ज्याक इन वन मिनेट’ विधामा उनले विश्व कीर्तिमान बनाएका हुन्।परियारले सन् २०२० को जनवरी ३१ मा उक्त विधाका लागि वर्ल्ड रेकर्डको प्रयास गरेका थिए। तुलसीपुरको अरनिको मैदानमा परियारले एक मिनेटमा १२३ पटक पिटी जस्तै गरि खेलिने हात खुट्टा दुबै सँगै चलाउने अभ्यास गरि आफ्नो रेकर्ड दाबी गरेर पठाएका थिए।

त्यो भिडियो अवलोकन पछि जिनियस वर्ल्ड रेकर्डले ऋषिश्वरलाई उक्त विधाको उपाधिमा उत्कृष्ट घोषित गरेको हो। परियारको नाममा यो रेकर्ड केही दिन अगाडि घोषणा भए पनि त्यसको सूचना उनले मंगलबार मात्रै पाएको जानकारी दिए।

सामान्य र अति गरिब परिवारमा हुर्किएका परियारले सुरूमा दूई हातले टेकेर हिँड्ने रेकर्डको लागि प्रयास गरेका थिए। त्यसमा सफल नभएपछि उनले गत वर्ष नयाँ बिधामा रेकर्डका लागि अप्लाई गरेका थिए।

ज्याला मजदुरी गर्दै जीविका निर्वाह गर्ने परियारका प्रशीक्षक कोही छैनन्। उनले स्वःअभ्यासले यो सबै सफलता प्राप्त गरेका हुन्।
विश्व रेकर्ड बनाउन सफल परियारले अब अन्य नयाँ विधामा समेत रेकर्डका लागि प्रयास गर्ने बताए। यसअघि सेतोपाटीसँग परियारले विश्व रेकर्ड नबनाउँदासम्म बिहे समेत नगर्ने घोषणा गरेका थिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : ०१ बजे