१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

असुरक्षा भएको भन्दै ‘अकोराव’को निर्वाचन स्थगित



काठमाडौं ।
सामुदायिक प्रसारक संघ (अकोराव) को अधिवेशन स्थगित भएको छ । काठमाडौंमा हुने तय भएको अधिवेशन असुरक्षा भएको भन्दै स्थगित गरिएको हो ।

एक विज्ञप्ति निकाल्दै अकोरावका अध्यक्ष सुवास सापकोटा र महासचिव गोविन्द देवकोटाले १५ औ साधारणसभाको पूर्वसन्ध्यामा संघको कार्यालयमा आएर केही व्यक्तिले धम्क्याएको भन्दै अर्को मिति घोषणा नहुन्जेलसम्मका लागि साधारणसभा स्थगित गरेको उल्लेख छ ।

अधिवेशनमा सहभागी हुने आधिकारिक प्रतिनिधिको विषयमा सुरु भएको विवाद उत्कर्षमा पुग्दा र असुरक्षाको वातावरण उत्पन्न भएको भन्दै मंगलबारका लागि तय भएको अधिवेशन, साधारणसभा, निर्वाचनलगायत सबै कार्यक्रम स्थगित भएको जनाइएको छ ।

असुरक्षा भएको भन्दै 'अकोराव'को निर्वाचन स्थगित

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  १ : १० बजे