२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा



काठमाण्डौ ।
सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ । बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले सोमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ । राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि छ ।

प्रकाशित मिति : २ चैत्र २०७७ सोमबार ००:००  ६ : ५७ बजे