७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘सत्ताको तावेदारी गर्नमा सिमित संगठनलाई ‘सडक बाघ’को पहिचान स्थापित गराउँछु’



काठमाडौं ।
यहि चैत १० गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाबाट सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका सुदेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिवद्धताको पूर्ण पाठः

कम्युनिस्ट आन्दोलन र विद्यार्थी आन्दोलन त्यसमा पनि अनेरास्ववियुमा देखिएको गम्भीर बैचारिक विचलन र सत्ताको पुच्छर बन्ने यो प्रवृत्तिको विरुद्धमा यस परिस्थितिमा संगठनको मूल नेतृत्व गर्ने जिम्मेवारी काँधमा आइपुगेको छ ।

यो जिम्मेवारीका लागि योग्य ठान्ने पार्टी नेतृत्व तथा अनेरास्ववियुका तमाम नेता कार्यकर्ताहरू प्रति आभारी छु हृदयदेखि नमन गर्दछु । साथै कम्युनिस्ट आन्दोलनलाई एकताबद्व गर्न अनेरास्ववियुको त्यो रत्तिम र लाल इतिहासलाई जोगाउन, अनेरास्ववियुलाई गुटफुटबाट बचाउन मेरा पाईलाहरू अवश्य पनि अघि बढ्ने छन्, अनेरास्ववियुलाई त्यसै अनुसार नै अघि बढाउने छु, दबाब र जागरण भुमिकालाई झनै सशत्त पार्ने काम हुनेछ । संघठन भित्र देखिएको अराजकता र विकृति, शिक्षा क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरणका विरुद्ध निर्मम ढंगले अघि बढ्ने प्रण व्यक्त गर्दछु ।

विद्यार्थी आन्दोलन क्रमशः विश्वविद्यालय, क्याम्पस र शैक्षिक संस्थाहरूबाट टाढिदै गएको वर्तमान अवस्थालाई अव पुनः शैक्षिक संस्था र प्राज्ञिक उन्नयनमा जोड्न मेरो सार्थक पहल कदमी रहनेछ ।

राजनीतिक स्वतन्त्रता प्राप्तिको आन्दोलनको अग्रणी दस्ताका रूपमा स्थापित अनेरास्ववियुको पहिचान यतिबेला सत्ताको तावेदारी गर्नमा सिमित भएको छ, यस्ता गलत हर्कतबाट अनेरास्ववियुलाई सडक बाघको पहिचान सहित अघि बढाउनु पर्ने छ ।

प्रतिगमनका जुनसुकै गलत कार्यका विरुद्ध लडिनेछ, विद्यार्थी आन्दोलनको शाख जोगाउँदै नयाँ आयाम थप्न प्रयत्न गरिनेछ । अनेरास्ववियुको आन्दोलन वास्तवमा भन्ने हो भने समग्र राजनीतिक व्यवस्थाको आन्दोलन प्राप्तिको अगुवा पनि हो, जतिबेला जनताका अधिकारहरू बन्देज गरिएका थिए त्यति बेलामा अनेरास्ववियुले राजनीतिक स्वतन्त्रताका लागि नेतृत्व गरिरहेको थियो ।

आज हामीले व्यवस्था बदल्यौं तर अवस्था बदल्न सकेका छैनौ त्यसैले वर्तमान अवस्थामा नयाँ नयाँ चुनौतीहरू हाम्रा अघि देखा परेका छन्, यी तमाम चुनौतीहरूलाई चिर्दै आजको हाम्रो संबिधानमा लेखिएको समाजवादी कार्यदिशा तय गर्ने गरी अबका आन्दोलन तय गर्नुछ ।

हाम्रो संविधानले ग्यारेण्टी गरेको हाम्रो मौलिक अधिकार शिक्षा, स्वास्थ्य, रोजगार व्यवहारमा लागु हुनुपर्छ ।

कम्युनिस्ट आन्दोलन छेद बिच्छेद हुन लागेको अवस्थामा, समाजवादको यात्रा छिन्न भिन्न भएको बेलामा युगिन जिम्मेवारी मेरो काँधमा सुम्पिनुभएको छ ।

यी सबै कार्यभारलाई अगाडि बढाउँदै बिगतको झझल्को दिने गरी न्याय, सत्य, निष्ठाको पक्षमा आफ्नो एक सास रहेसम्म अगाडि बढ्ने दृढ प्रण गर्दछु । अबको अनेरास्ववियुलाई विद्यार्थीको पक्षमा, आन्दोलनको पक्षमा काम गर्दै सम्रग राजनीतिक आन्दोलनलाई दवाव र जागरणको भूमिकामा अगाडि बढाउने अठोट गर्दछु ।

राष्ट्रिय कार्यकर्ता भेलाबाट मलाई अध्यक्षको जिम्मेवारी सुम्पिनु हुने तपाई सम्पुर्ण प्रतिनिधि, आम कार्यकर्ता, सहभागी सबैलाई हृदयदेखि विशेष आभार व्यक्त गर्दै यो युगिन जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

प्रकाशित मिति : १४ चैत्र २०७७ शनिबार ००:००  ७ : ३४ बजे