८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

यादव बस्नेतको नेतृत्वमा गोरखामा एमालेको समानान्तर कमिटी



गोरखा ।
गोरखामा नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ । यसअघि जिल्ला उपाध्यक्ष रहेका यादव बस्नेतको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी सोमबार गठन भएको हो ।

बस्नेत यसअघि वामदेव गौतम निकट थिए। तर उनी नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा प्रचण्ड(नेपाल पक्षमा लागेका थिए। ओली पक्षले नेकपा केन्द्रीय सदस्यसमेत उनलाई बनाएको थियो तर उनले अस्वीकार गरेका थिए।

नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी बनाएको छ।

एक नेताले दिएको जानकारीअनुसार अब पार्टी कार्यालय पनि सञ्चालन गर्ने तयारी छ। तर उक्त समानान्तर कमिटीलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पक्षका जिल्ला अध्यक्ष प्रेम गुरूङले अवैध भनेका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७७ मंगलबार ००:००  ७ : ५६ बजे