७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै



काठमाण्डौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता गणेश शाहले सेतोपाटीलाई बताए।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको उनको भनाइ छ। फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।
बुधबार संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क गरेका थिए।

प्रकाशित मिति : १९ चैत्र २०७७ बिहिबार ००:००  ८ : ४५ बजे