२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

ओलीसँगको छलफलमा खासै प्रगति भएनः माधव नेपाल



काठमाण्डौ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा खासै प्रगति नभएको बताउनुभएको छ ।
काठमाण्डौको एक होटलमा झण्डै डेढ घण्टा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘छलफलमा मैले बोल्ने गरी खासै प्रगति भएन ।’
एमाले फुटतर्फ पुगेको अवस्थामा बुधवार पनि अध्यक्ष ओली र नेता नेपालबीच छलफल भएको थियो । आज भएको छलफलले दुवै नेताहरुबीच सहमति हुने र पार्टी विभाजन टर्ने अनुमान गरिएकोमा नेता नेपालले भने छलफल उत्साहजनक नभएको बताउनुभएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८ बिहिबार ००:००  ५ : २२ बजे