२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पहाडी र तराईका केही ठाउँमा चट्याङसहित दुई दिनसम्म पानी पर्ने



काठमाडौं ।
मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकासहित आसपासका पहाडी भोगमा अहिले मेघगर्जनसहित पानी परिरहेको छ। बिहीबार बिहान खुलेको मौसम मध्यान्हपछि बदली हुँदै गएकोमा दिउँसो २ बजेदेखि पानी पर्न थालेको हो।

काठमाडौंसहित देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले राति पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए।

उनका अनुसार शुक्रबार र शनिबार पनि स्थानीय र पश्चिमी वायुका कारण अपराह्नपछि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  ३ : १५ बजे