६ असार २०८३, शनिबार | Sun Jun 21 2026

दिल्ली आइपिएलको शीर्षस्थानमा,पन्जाब ७ विकेटले पराजित



एजेन्सी ।

दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषव पन्तले १४ रन जोडे ।पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै डाविड मालनले २६ रन जोड्दा क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।जितसँगै दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । र,दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८ सोमबार ००:००  ६ : १० बजे