७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन लागे पछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। सरकारले विश्वासको मत लिन लागेको विषय र पार्टीको आगामी १४ औँ महाधिवेशन तथा पछिल्लो समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ।

यसअघि कोरोना महामारीको कारण देखाउँदै कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको थियो। ठूलो संख्यामा रहेका केन्द्रीय कार्य समिति सदस्यहरुको बैठक बस्दा कोरोनाको जोखिम झन बढ्दै भन्दै बैठक स्थगित गरिएको महामन्त्री पूर्णबहादुर खड्काले विज्ञप्तिमार्फत जानकारी दिएका थिए।

प्रकाशित मिति : २० बैशाख २०७८ सोमबार ००:००  ११ : २४ बजे