७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। कोरोना महामारीको कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७८ मंगलबार ००:००  ११ : २१ बजे