बुटवललाई शीर्ष स्थानमा उक्लने अवसर


काठमाडौं ।


पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल र काठमाडौंबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आज बुटवल दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । यस्तै बुटवललाई शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ । काठमाडौंलाई पराजित गर्न सकेमा बुटवल शीर्ष स्थानमा उक्लने छ । बुटवल ३ खेलमा ५ अंक जोडेको तेस्रो स्थानमा रहेको छ । बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

काठमाडौं पनि बुटवललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । बुटवललाई हराएको खण्डमा काठमाडौंले शीर्ष दुई भित्र उक्लने छ । काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पहिलो खेलमा ललितपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासँग बराबरी खेलेको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस