कृष्णनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो


मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ मा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ बर्षीय रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।

घाइतेलाई उपचारका लागि बहादुरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले बताउनुभयो । शवलाई पोष्टमार्डमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ ।

मोटरसाइकल चालक उत्तरबाट दक्षिणतर्फ गईरहेको अवस्थामा कृृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको बस झिंगहाको चोकको घुम्तीमा दुर्घटना भएको हो ।

सह-चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस