च्याम्पियन्स लिगः सिटी र पीएसजीबीचको भिडन्त आज, फाइनलमा को पुग्ला ?


काठमाडौं ।

यूईएफए च्याम्पियनस लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीबीच प्रतिस्पर्धा हुँदैछ ।सिटी र पीएसजीबीचको खेल सिटीको मैदानमा इतिहाद स्टेडियममा हुनेछ । सिटी र पीएसजीबीचको खेल राति १२-४५ बजे सुरु हुनेछ ।

आज सिटी घरेलु मैदानमा पीएसजीलाई हराएर फाइनल पुग्न चाहन्छ । सिटीलाई पहिलो लेगमा बनाएको अग्रताको फाईदा समेत रहेको छ ।

सिटीले पहिलो लेगमा पीएसजीलाई २९१ ले हराएको थियो । दोस्रो लेगमा पनि सिटी जितलाई कायम राख्न चाहन्छ ।यता, पीएसजी भने उत्कृष्ट पुनरागमन गर्ने योजनामा रहेको छ ।

घरेलु मैदानको हारले पीएसजीमाथि दबाब भने रहेको छ । पीएसजी घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा पराजित भएको थियो ।पीएसजीलाई फाइनल पुग्न कम्तिमा दुई गोलको अन्तरले जित निकाल्नु पर्ने हुन्छ ।

यस्तै केलियन एमबाप्पेको चोटले पीएसजीलाई सताउने छ ।फ्रेन्च लिग वान अन्तर्गत लेन्सविरुद्ध चोट बोकेका एमबाप्पेले सिटीसँगको खेल गुमाउन सक्ने सम्भावना रहेको छ । पीएसजी उनको चोटको अवस्था कुरेर बसेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस