थप ५५ जनाको ज्यान गयो, सात हजार ६ सय ६० सङ्क्रमित थपिए


काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय १७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ५१ हजार पाँच पुगेको छ ।
गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस