१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढ्यो



काठमाडौँ ।


सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  १२ : २१ बजे