१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

यी हुन चनाका १० फाइदा



एजेन्सी ।
मूल्यको तुलनामा बदामभन्दा कम, तर स्वास्थ्यको कुरामा बदामभन्दा बढी फाइदाजक हुन्छ चना । शाकाहारीका लागि प्रोटिनको राम्रो स्रोत चना हो । यस्तै चनाका १० फाइदाका बारेमा जान्नुहोस् ।
१. ताकत दिने – चनामा पाइने आइरन, प्रोटिनलगायत धेरै मिनरल्सले लाई शक्ति र एन्टी ओक्सिडेन्ट्स प्रदान गर्छ । यसले शरीरमा कमजोर स्थितिको सुधार गर्छ, ताकत दिन्छ । शरीरलाई गठिलो बनाउँन भिजाएको चना खाने गरिन्छ ।

२. मुटुसम्बन्धि रोगबाट बचाउँछ – चनामा अल्फा लिनोलेनिक एसिड र ओमेगा–३ फेटी एसिड्स तत्व पाइने भएकाले यस्ले कोलस्ट्रोल कम गर्छ र हृतयघातबाट बचाउँछ ।

३. राम्रो निन्द्रा दिन्छ – चनामा पाइने अमिनो एसिड्स, ट्रायप्टोफैन र सेरोटोनिनले राम्रो निन्द्रा लगाउन मद्दत गर्छ ।

४. एनिमियको समस्या – चनामा धेरै आयरन पाइन्छ, जसले एनिमियाजस्ता समस्याका लागि फाइदाजनक हुन्छ ।

५. हड्डी बलियो बनाउँछ – चनामा दुध र दही समान क्याल्सियम पाइन्छ, जसले हड्डिलाई बलियो बनाउँछ ।

६. मृगौला सफा गर्छ – चनामा भरपूर मात्रामा फोस्फोरस नामक तत्व पाइन्छ, यसले हेमोग्लोबिन बढाउँनका साथै मृगौलालाई सफा र स्वास्थ्य राख्छ ।

७. तनाव भगाउँछ – अमिनो एसिड्स, ट्रायपटोफ्यान र सेरोटोनिन पाइन्छ, जसले तनाव भगाउँछ ।

८. मधुमेहलाई नियन्त्रण गर्छ – चनामा पाइने फाइबर र प्रोटिनले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

९. पोलियाका बिरामीका लागि – चनामा रहेको मिनरल्स र आयरनले पोलियाका बिरामीलाई निकै फाइदा गर्छ ।

१०. छालासम्बन्धि समस्यालाई – चनामा पाइने फस्फोरस र म्यागनिजजस्ता मिनरल्स हुन्छन्,जसले छाला चिलाउनेजस्ता रोगका लागि फाइदा गर्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  ३ : ४६ बजे