८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

स्वास्थ्य सङ्कटकालको सुझावमा सरकार सकारात्मक छः मन्त्री त्रिपाठी



काठमाण्डौ ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । सोमवार आज भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई सबैले प्राथमिकता दिनुपर्दछ ।’

यस्तै उहाँले कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताउनुभयो । थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

यस्तै युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप नेपाल ल्याउने विषयमा पनि छलफल थालेको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ४ : २१ बजे