१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माइक मेग्नेन इटालियन क्लब एसी मिलानमा अनुबन्ध



काठमाडौं ।
फ्रेन्च गोलकिपर माइक मेग्नेन इटालियन क्लब एसी मिलानमा अनुबन्ध भएका छन् । मिलानले फ्रेन्च लिग च्याम्पियन लिगबाट माइकलाई अनुबन्ध गरेको हो । यो सिजन लिललाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका उनी इटालियन क्लबमा आएका हुन् ।

अर्को सिजन च्याम्पियन्स लिग खेल्ने मिलानले यो सिजन उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्ने योजना बनाएको छ । जसअनुसार मिलानले बिहीबार गोलकिपर माइकलाई अनुबन्ध गरेको जनाएको छ । माइकले मिलानसँग सन् २०२६ सम्मको सम्झौता गरेका छन् ।

२५ वर्षीय गोलकिपरले लिग वानमा यो सिजन गोल्डेन ग्लोभ्स जितेका थिए । माइकले लिलबाट १८० खेल खेलेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  १२ : ५२ बजे