१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

बढ्यो खेलकुदको बजेट, २ अर्ब ७४ करोड विनियोजन



काठमाडौं ।

सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्रीले शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्तालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेको थियो।

अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।

नयाँ बजेटमा झापामा बन्ने मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला निर्माण २ वर्ष भित्र सक्ने गरि बजेट छुट्टाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ५ : ५२ बजे