१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार



काठमाडौं ।

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए । मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ४३ बजे