५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरू



दाङ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेको उपनिर्वाचनमा मतदान सुरु भएको छ। आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेको मतदान केन्द्रमा मतदानका लागि जनप्रतिनिधि पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचनमा नेपाली कांग्रेसबाट दृगनारायण पाण्डे र नेकपा (एमाले) बाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि कारबाही गरिँदा राष्ट्रय सभा सदस्य पद रिक्त रहेको थियो।

कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम समूह, राष्ट्रिय जनमोर्चा र एमालेको माधवकुमार नेपाल समूहले समर्थन जनाएको छ। एमाले उम्मेदवार खड्कालाई जसपाको महन्थ ठाकुर समूहले समर्थन गरेको छ।

लुम्बिनीमा ८३ प्रदेश समा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाताले मतदान गर्नेछन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ९ : ३४ बजे