७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

देशभर ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिए



काठमाडौं ।

देशभर ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा १५ हजार ५५५ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा १ सय १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। आज १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ५ : ५३ बजे