२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

आजको मौसम पूर्वानुमानः कतै बदली, कतै वर्षा



काठमाडौं ।
मंगलबार देशका अधिकांश भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना समेत रहेको छ ।

यसैगरी राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा भने आंशिक बदली रहनेछ । यस्तै प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ७ : ३६ बजे