१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैनः विपिन अधिकारी



काठमाण्डौँ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद सुरु भएको छ ।रिट निवेदन पक्षका कानुन व्यवसायीले इजलास गठनको विषयमा विवाद सुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेको छैन ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा आइतबार सुनुवाइ प्रारम्भममै इजलासको गठनको विवाद सुरु भएको हो ।

इजलास गठनको विवादमा न्यायाधीश केसीले अघिल्लो पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा नाम विवादमा फैसला गरेको उल्लेख गर्दै उनीहरू इजलासमा बस्न नमिल्ने रिट निवेदकका कानुन व्यवसायीको तर्क छ ।

सुनुवाइ प्रारम्भ हुने बित्तिकै नेकपाको फैसला हेरेका न्यायाधीश केसीले इजलासमा बस्न नमिल्ने अधिवक्ता गोविन्द ९बन्दी० शर्माले प्रश्न उठाएका थिए ।संविधानविद् डा। विपिन अधिकारीले झगडिया वा वकिलले न्यायाधीश छान्ने अभ्यास विश्वमै नदेखेको बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ९ : ४२ बजे