१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

इजलासमा बस्ने र नबस्नेबारे न्यायाधीशद्वयले आज निर्णय गर्ने



काठमाण्डौँ ।

प्रतिनिधिसभा विघटनबारे परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा ३० वटा रिटमा सुनुवाइ भइरहेको छ । तर, इजलासमा परेका दुई जना न्यायाधीशबारे भने प्रश्न उठिरहेकाले सुनुवाइ मूल मुद्दातिर केन्द्रित छैन । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएकोमा रिट निवेदकतर्फका कानुन व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।

कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच लामो सवाल(जवाफपछि राणाले न्यायाधीशद्वयलाई नै इजलासमा बस्ने र नबस्ने निर्णय गर्न भनेका थिए ।सोमबारसम्म न्यायाधीशद्वय श्रेष्ठ र केसीले इजलास नछाड्ने बताएका छन् ।सर्वोच्च निकट स्रोतले श्रेष्ठ र केसीले आफ्ना धारणा मंगलबारको संवैधानिक इजलासमै राख्ने भएका छन् ।यही विषयमा सोमबार संवैधानिक इजलासमा बसेका ५ जना न्यायाधीशबीच छलफल भएको थियो ।संवैधानिक इजलासका न्यायाधीशमाथि बारम्बार प्रश्न उठेपछि उनीहरूलाई इजलासमा नराख्न वरिष्ठ न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  १० : १३ बजे