७ असार २०८३, आइतबार | Sun Jun 21 2026

काठमाडौंमा निषेधाज्ञा खुकुलो पार्ने तयारी



काठमाडौं ।

काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।

‘अझै कोरोना जोखिम छ, ’ उनले भने, ‘संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।’

तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो।

अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन। सार्वजनिक र इन्टरनेट सेवा प्रदायकको गाडी समेत दिउँसोको समयमा चलाउन रोक लगाएको छ। जारी निषेधाज्ञा २० गते सकिँदैछ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  १ : २० बजे