१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कागती पानीले हानी पनि गर्छ है !ख्याल गर्नुस



काठमाडौं ।
तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं ।

मानिसले विहान उठेपछि कागती पानी खान्छन् जसले निकैं फाइदा पुराउँछ, तर यसको साइड इफेक्ट पनि छन् ।

पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।

कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ ।

धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ७ : ५० बजे